समाचार

साढे १० किलो अफिमसहित पोखरामा तीन जना पक्राउ

aafim pakrau

११ असोज, काठमाडौं । कास्कीको पोखरा महानगरपालिका-६ स्कुल मार्गस्थित लेक टावर होटलको कोठाबाट १० किलो ५०० ग्राम अफिम, अफिम तौल गर्ने एक थान डिजिटल तराजु, चार थान मोबाइलसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पूर्वीरुकुमको पुथा उत्तरगंगा गाउँपालिका–१ का ५० वर्षीय ५० गज पुन, सोही ठाउँका ४० वर्षीय चक्कर बहादुर पुन र गोरखाको बारपाक सुलिकोट गाउँपालिका– ६ का २४ वर्षीय रवि गुरुङ छन् ।

विभिन्न जिल्लाबाट लागुऔषध अफिम खरिद तथा संकलन गरी बिक्री गर्न लागेको भन्ने सूचनाको आधारमा लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौं र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उक्त होटेल जाँच गर्ने क्रममा अफिम फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको छ । उनीहरु उपर लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस