
११ असोज, काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स् अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले असोज ११ देखि सुरु हुनेगरी यस दशैं तिहार भरीका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’सार्वजनिक गरेको छ ।
यो योजनाअन्तर्गत ग्राहकले तीन लाख ५० हजार रुपैयाँ बराबरको नगद छुट, दुई लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, न्युनतम २० प्रतिशत डाउनपेमेन्ट, १ वर्षको सवारी बीमा र गाडीका सामान निःशुल्क पाउने छन् ।
यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३६ वटै सोरूमहरुमा लागू हुनेछ। सुजुकीका विभिन्न मोडेलका कारहरु अनुसार फरक फरक छुटहरु रहको छ ।
सुजुकी ब्रान्डले अल्टो, एस्प्रेसो, सेलेरिओ एक्स्, वागेन आर्, इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एलसिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु बिक्री बितरण गर्दै आएको छ ।