
११ असोज, काठमाडौं । मन्त्रिपरिषद्को बैठक सकिएको छ । आआइतबार मध्यान्ह प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा.दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
साथै एक मन्त्रीका अनुसार आनका आज बसिएको मन्त्रिपरिषदको बैठकले नेपाल र इजरायलबीच हुने विभिन्न सम्झौतामा हस्ताक्षर गर्नका लागि इजरायलका लागि नेपाली राजदूत डा. अन्जन शाक्यलाई अधिकार दिने निर्णय गरेको छ ।
नेकपा दुई अध्यक्षबीच मन्त्रीमण्डल हेरफेर तथा थप गर्नेबारे पछिल्लो समय छलफल भईरहेको छ । बालुवाटार स्रोतका अनुसार नेकपाका दुई अध्यक्षबीच आज बिहान भएको छलफलमा मन्त्रीमण्डल हेरफेर गर्नेबारे छलफल भएपनि त्यसबारे मन्त्रिपरिषदमा कुनै प्रसंग भएन ।
प्रतिक्रिया दिनुहोस