११ असोज, काठमाडौं । कोरोना भाइरसबारे अफवाह फैलाएको आरोपमा पक्राउ गरिएका प्राकृतिक चिकित्सक सुवास सुब्बा लिम्बु धरौटीमा छुटेका छन् ।
कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको अंग निकालिन्छ भनेर भ्रामक अन्तरवार्ता दिएका लिम्बुलाई जिल्ला प्रशासन कार्यालय, ललितपुरले धरौटीमा छोड्न आदेश दिएको हो । प्रशासनको आदेश अनुसार लिम्बुलाई ५ हजार रुपैयाँ धरौटी लिएर उनलाई छाडिएको हो ।
पक्राउ पर्नुअघि उनले विभिन्न सञ्चारमाध्यममा अन्तरवार्ता दिँदै कोरोनाबाट मृत्यु हुनेको शव नदेखाइनु र पोष्टमार्टम नहुनु पछाडिको कारण गोप्य रुपमा अंग झिक्न हो भनेर दाबी गर्दै आएका थिए ।
उनलाई महानगरीय अपराध महाशाखाको टोलीले २२ भदौमा पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस