११ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार थप ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
आइतबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
प्रवक्ता डा. गौतमका अनुसार उपत्यकाको काठमाडौं जिल्लामा ६ सय ३३, ललितपुरमा एक सय चार र भक्तपुरमा ७२ जनामा संक्रमण देखिएको हो ।
त्यस्तै, आइतबार देशभरको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५७३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।
संक्रमितमध्ये ६१ हजार ८८ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४८७ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस