समाचार

कोरोनाको रिपोर्ट पोजेटिभ वा नेगेटिभ जे आएपनि सम्बन्धित व्यक्तिलाई नै दिनू : मन्त्रालय

Health Ministry

११ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि स्वाब दिनेको  पोजेटिभ वा नेगेटिभ जे रिपोर्ट आएपनि सम्बन्धितलाई सिधै जानकारी गराउन सरकारी तथा निजी ल्याबहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यसअघि नेगेटिभ रिपोर्ट आए सम्बन्धित र पोजेटिभ आए इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा जानकारी गराउने व्यवस्था रहेकोमा अब भने जे रिपोर्ट आएपनि सिधै सम्बन्धितलाई नै जानकारी गराउन निर्देशन दिइएको बताए ।

यसअघि नेगेटिभ आए ल्याबले जानकारी गराउने र पोजेटिभ आए इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जानकारी दिने गरिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस