समाचार

कोरोना निको हुने दर सार्ककै कम, अन्यत्र मृत्यु घट्दा नेपालमा बढ्दै

covid 19

१२ असोज, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट निको हुने दर सार्क मुलुककै कम पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुने दर ७३.४ प्रतिशत छ । हालसम्म कोरोना संक्रमणबाट ५३ हजार ८ सय ९८ जना निको भएका छन् ।

सार्क मुलुकमध्ये पाकिस्तान र श्रीलंकामा निको हुने दर सबैभन्दा बढी छ । पाकिस्तानमा ९५.४ प्रतिशत, श्रीलंकामा ९४.४ प्रतिशत । त्यसपछि तेस्रोमा माल्दिभ्स छ । त्यहाँ निको हुने दर ८३.२, भारतमा ८२.६ प्रतिशत छ । त्यसपछि अफगानिस्तानमा ८३.२, भारतमा ८२.१, भुटानमा ७५.३ र बंगलादेशमा ७४.८ प्रतिशत छ । नेपालमा पछिल्लो २४ घण्टा (आइतबार अपराह्नसम्म) मा ८ सय ८५ जना मात्रै डिस्चार्ज भएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी सार्क राष्ट्रमध्ये कतिपयले विशेष औषधिको प्रयोग गरिरहेको हुन सक्ने बताउँछन् । ‘बंगलादेशलगायत केही मुलुकले विशेष औषधि चलाएका पनि छन् । त्यसकारण पनि नेपालबाहेकका मुलुकमा कोरोनाबाट निको हुने दर बढेको हुन सक्छ, डा. मरासिनी भन्छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *