समाचार

विषाक्त मिथानोल मिश्रित थप ९ वटा स्यानिटाइजर प्रतिबन्ध

sanitizer

१२ असोज, काठमाडौं । विषाक्त रसायन मिसाएको पाइएपछि औषधि व्यवस्था विभागले थप ९ वटा कम्पनीका ह्याण्ड स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ ।

ती सेनिटाइजरको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा मानव स्वास्थ्यलाई गम्भीर असर पुर्‍याउने विषाक्त रसायन मिसाइएको पाइएको औषधि व्यवस्था विभागले जनाएको छ । सोमबार ती ९ सेनिटाइजरको नामको सूचीसहित विभागले सूचना प्रकाशन गरी तिनको प्रयोग र बिक्रीरवितरण नगर्नरनगराउन निर्देशन दिएको छ ।

जसमा आर केमिकल एण्ड प्याकेजिङ इण्डस्ट्रीज पर्साद्वारा रिप्याक गरिएका कुम ह्याण्ड स्यानिटाइजर, शिभिका कस्मेक्युटिकल्स लिमिटेड उत्तराखण्डको हर्बलट्री ह्याण्ड रब र क्लिन ह्याण्ड स्यानिटाइजर, कुमकुम हर्बल इण्डस्ट्रिज बनेपाका कुमकुम इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर छन् ।

यस्तै ओम आरोग्य हेल्थकेयर प्रालि इमाडोल ललितपुरको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, साधना सप्लायर्स काठमाडौँको साधना इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर तथा कालिका सोप एण्ड केमिकल इण्डस्ट्रिजका ड्रोन ह्याण्ड स्यानिटाइजर पनि प्रयोग नर्गन विभागले अनुरोध गरेको छ । औषधि व्यवस्था विभागले प्रतिबन्ध लगाएका स्यानिटाइजर हालसम्म १८ पुगेको छ ।

senitiser

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस