
१२ असोज, काठमाडौं । कुमारी बैंकले विभिन्न समयमा एसिड आक्रमणबाट पीडित बन्न पुगेका तीन युवतीहरुलाई रोजगारी दिएको छ ।
बैंकले एसिडपीडित दुई युवतीलाई काठमाण्डौ उपत्यकामा र एकजनालाई मकवानपुरको हेटौंडामा स्थायी रोजगारीको व्यवस्था गरेको जनाएको छ ।
हेटौंडाकी विन्दवासिनी कंसाकार, काठमाडौंमा बस्दै आएका जेनी खड्का र संगीता मगरले मार्केटिङ अफिसरका रुपमा रोजगारी पाएका हुन् ।
उता मन्त्रिपरिषद्को बैठकले गत बिहीबार एसिड आक्रमणका घटनामा संलग्नहरुलाई अधिकतम २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना तथा पीडितको उपचार खर्च भराउने कानुन पारित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस