समाचार

चिनियाँ दूतावासअगाडि प्रदर्शन गर्ने नेविसंघका ६ जना कार्यकर्ता पक्राउ

chinese

१२ असोज, काठमाडौं । चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका नेपाल विद्यार्थी संघका ६ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार बिहान काठमाडौंको टंगालस्थित दूतावास अगाडि नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले नेतृत्वमा नेविसंघले प्रदर्शन गरेको हो । नेपालको हुम्लामा चिनियाँ पक्षले सीमा मिचेको दाबीसहित उनीहरूले दूतावासअगाडि प्रदर्शन गरेका हुन् ।

पक्राउ पर्नेमा नवराज त्रिपाठी, प्रनिल तामाङ, सुवोध ओली, बिन्दा बोगटी, अर्वत खड्का र दीपेन्द्र खड्का छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त हाँडीगाउँमा राखिएको प्रदर्शनमा सहभागी नेविसंघका मनिष सिंखडाले बताए ।

सिंखडाका अनुसार ‘चिनौं सीमाना जोगाऔं माटो’ अभियान अन्तर्गत दूतावास अगाडि प्रदर्शन गरिएको हो । उनीहरूले हुम्लाको सीमा क्षेत्र पुगेर सरकारी टोलीले हालै गरेको अध्ययन प्रतिवेदन पनि सार्वजनिक गर्न माग गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस