१२ असोज, काठमाडौं । ग्राहकहरुलाई स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै सिभिल मल ग्राहकहरुको लागि खुला गरिएको छ । स्वास्थ्य मापदण्ड अपनाउँदै सिभिल मल खुला गरिएको हो ।
मल व्यवस्थापन समितिले सुरक्षित तरीकाले मल सञ्चालन गर्न नियमावली पनि तयार गरेको सिभिल मलका मार्केटिङ म्यानेजर अमीर ठकुरीले जानकारी दिए । ठकुरीका अनुसार ग्राहक र स्टोर प्रबन्धकहरूले मास्क लगाएर मल परिसरमा प्रवेश गर्नुपर्नेछ । उनीहरुले मलमा प्रवेश गर्नु अघि सेनिटाइजर लगाएर तापक्रम जाँच गराएर मात्र भित्र प्रवेश गर्न पाइनेछ ।
मल खुल्नु अघि र मल बन्द भए पछि हरेक दिन डिसइन्फेक्ट गरिरहेको व्यवस्थापन समितिले जनाएको छ । मलले सामाजिक दूरी कायम गर्न(गराउन विभिन्न ठाउँमा मार्कु गरिएको छ । त्यस्तै मलको विभिन्न स्थानहरूमा सेनिटाइजर समेत राखिएको छ । खानेकुरा तर्फ मलले ग्राहकहरुका लागि हाइजिनिक टेक अवे प्रणालीको व्यवस्था गरेको ठकुरीले बताए ।
प्रत्येक स्टोर प्रबन्धकले अनिवार्य रूपमा आफ्नो कर्मचारीलाई पुनः प्रयोग गर्न मिल्ने तथा सर्जिकल मास्कको व्यवस्था गर्नुपर्नेछ ।
स्टोर प्रबन्धकले आफ्नो कर्मचारीलाई गुणस्तरीय सेनिटाइजर, सर्जिकल पञ्जा उपलब्ध गराउनु पर्नेछ । भौतिक दुरी कायम गर्नुपर्ने हरेक दिन कर्मचारी र ग्राहकको नाम र फोन नम्बर दर्ता (टिपेर) राख्नुपर्ने व्यवस्था गर्नु पर्नेछ। सफाई र सफाई वस्तुको रूपमा सफाई उपकरणहरू प्रत्येक स्टोरको लागि अनिवार्य गरिएको छ ।