समाचार

आफ्नै माछापोखरीमा डुबेर वालिकाको मृत्यु

Death Body

१२ असोज, बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–५ बस्ने १३ वर्षीया एक बालिकाको माछापोखरीमा डुबेर आज मृत्यु भएको छ ।

बढैयाताल गाउँपालिका–५ बस्ने पञ्चराम थारुकी १३ वर्षीया छोरी गरिमाको मृत्यु भएको हो ।

घरबाट एक किलोमिटर पूर्वतिर रहेको आफ्नै माछापोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस