
१२ असोज, बुटवल । पाल्पाको रिब्दीकोटमा गोठ भत्किँदा एकजनाको मृत्यु भएको छ ।
सोमबार दिउँसो अचानक घरको गोठ भत्किदा ५५ वर्षीय हरि लम्तरीको घटना स्थलमै मृत्यु भएको हो, भने एक जना ४८ वर्षीय अम्बर बहादुर पेग्नी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी मदन गिरीले जानकारी दिए ।
गोठ भत्किदा गोठमा रहेको १ भैसी, १ पाडा र एउटा बाख्रा समेत च्यापिएर मरेको प्रहरीले जनाएको छ । अबिरल वर्षाका कारण झरीले जमिन गलेर गोठ भत्किएको प्रहरीले अनुमान गरेको छ ।
प्रतिक्रिया दिनुहोस