सूचना प्रविधि

डिजिटल मुद्राको कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सीआईबीलाई पत्राचार

pi

१२ असोज, काठमाडौं । पाँच डिजिटल मुद्राको कारोबार गर्ने व्यक्तिलाई पक्राउ गरी अनुसन्धानमा सहयोग गर्न उद्योग मन्त्रालय अन्तरगतको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई आग्रह गरेको छ ।

विभागले पाई सहित पाँच डिजिटल मुद्राको कारोबार गर्ने व्यक्तिलाई पक्राउ गरी अनुसन्धानमा सहयोग गर्न सिआईबीलाई पत्राचार गरेको हो । त्यस्ता नेटवर्कले गैरकानूनी रुपमा देश तथा विदेशमा रहेका नेपालीहरुलाई ठगी गर्ने कार्य गरिरहेको विभागले उल्लेख गरेकाे छ ।

पत्रमा यो विषयमा हाल अध्ययन भइरहेको र थप छानबिनका लागि कम्पनीका जिम्मेवार व्यक्तिलाई पक्राउ गरी विभागमा उपस्थित गराइदिन सीआईबिलाई आग्रह गरिएको छ । विभागले उनीहरुको नाम र फोन नम्बरसहित सीआईबिलाई पत्राचार गरेको छ ।

विभागले पठाएको पत्रमा वान कोइन डिजिटल करेन्सीका गोविन्द श्रेष्ठ, अशोक न्यौपाने र रत्नकाजि श्रेष्ठ, एक्सेल टोकनका ज्ञानेन्द्र खड्का र कृष्णकुमार महर्जन, क्यास कोइनका विजय शाह र दिनेश शाह, पाईनेटवर्कमा आबद्ध परमानन्द श्रेष्ठलाई पक्राउ गरी विभागमा पेश गर्न आग्रह गरेको छ ।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस