समाचार

छत्रेश्वरी गाउँपालिकाका सातवटै वडा कार्यालयमा तालाबन्दी

tala

१२ असोज, सल्यान । छत्रेश्वरी गाउँपालिकामा कार्यरत करार सेवाका कर्मचारीले पालिकाको सातवटै वडा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिदिएका छन् । आफूहरुको सेवाको समयावधि गाउँपालिकाले थप नगरेको जनाउँदै उनीहरुले तालाबन्दी गरेका हुन् । तालाबन्दी पछि सेवाप्रवाह समेत प्रभावित हुन पुगेको छ ।

करार कर्मचारी सङ्घर्ष समितिका संयोजक दिलीप बोहराले भने “हामीले हाम्रा मागको सुनुवाई गर्नका लागि पटक पटक सम्बन्धित निकायसमक्ष कुरा पु¥याएका छौं । ती निकायबाट हाम्रो मागको सुनुवाई नभएपछि बाध्यभएर तालाबन्दी गरेका हौ ।”

गाउँपालिका अध्यक्ष सन्तोष केसीले  गाउँपालिकाले आवश्यकताका आधारमा करारमा कर्मचारी नियुक्त गरिएकोले नहटाउने जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *