खेलकुद समाचार

आईपीएलमा पहिलो पटक २ सयभन्दा बढी रन बनाउँदा पनि खेल बराबरी, सुपर ओभरमा बेंगलोरको जित

rcb vs mi

१३ असोज, काठमाडौं । यूएईको दुबईमा सोमबार भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इण्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ ।

आईपीएलको इतिहासमा पहिलो पटक २ सयभन्दा बढी रन बनाएर पनि खेल बराबरी भयो । यसअघि सन् २०१५ मा राजस्थान रोयल्स र पञ्जाबबीचको खेल १ सय ९१ रन बनाउँदा बराबरी भएको थियो ।

खेलमा टस हारेर पहिलो ब्याटिङ गर्दै बैंग्लुरुले ३ विकेटको क्षतिमा २ सय १ रन बनायो । बैंग्लुरुका लागि एबी डिविलियर्सले ५५, देवदत्त पडिक्कलले ५४ तथा एरोन फिन्चले ५२ रनको योगदान दिए ।

जवाफमा मुम्बईले पनि निधारित २० ओभरमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा पुग्यो । लक्ष्य पछ्याउने क्रममा मुम्बईले अन्तिम ५ ओभरमा ८९ रन बनायो । यो पनि आईपीएलमा नयाँ कीर्तिमान हो । अघिल्लो खेलमा मात्र राजस्थान रोयल्सले किंग्स इलेवन पञ्जाबविरुद्ध अन्तिम ५ ओभरमा ८६ रन बनाएको थियो ।

खेलको एम समय मुम्बई हारको नजिक पुगेको थियो । १५ ओभर सकिदासम्म ४ विकेटको क्षतिमा मुम्बईले १ सय १२ रन मात्र बनाउन सकेको थियो । तर, केरन पोलार्ड र ईशान किशनले त्यसपछि विष्फोटक ब्याटिङ गर्दै मुम्बईलाई जीत नजिक पुर्याए । पोलार्डले २४ बलमा ६० र ईशानले ५८ बलमा ९९ रन बनाए । तर, अन्त्यमा बराबरी भएपछि खेल सपुर ओभरमा पुग्यो ।

सिजनको दोस्रो सुपर ओभरमा मुम्बईले बैंग्लुरुलाई मात्र ८ रनको लक्ष्य दियो । जसलाई विराट कोहली र एबी डिविलियर्सले सजिलै पछ्याए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस