समाचार

बीपी प्रतिष्ठानमा ६८ वर्षीय कोरोना संक्रमितको पुरुषको मृत्यु

bp koirala

१३ असोज, सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मोरङको सुनबर्सी–७ का ६८ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

नोबेल मेडिकल कलेज विराटनगरमा आइसीयूमा उपचाररत ती पुरुषमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि प्रतिष्ठानमा रेफर गरिएको थियो । गत असोज ५ गते संक्रमण पुष्टि भएका उनलाई जोरी, खोकी र श्वासप्रश्वासमा कठिनाइ भएपछि गत १० गते प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

डा. सापकोटाका अनुसार उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहँदा मंगलबार बिहान ३ बजे निधन भएको हो । उनलाई उच्च रक्तचाप, मधुमेह तथा मिर्गौलाको दीर्घकालिन समस्या रहेको थियो ।

उनको शवको व्यवस्थान नियमअनुसार गर्ने तयारी भइरहेको डा. सापकोटाले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस