राजनीति

बागमती प्रदेशकी सांसद मुनु सिग्देललाई कोरोना संक्रमण

manu sigdel

१३ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरकी अध्यक्ष एवं बागमती प्रदेशसभा सदस्य मनु सिग्देललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

ललितपुरको विध ल्याबमा गरिएको सिग्देलको स्वाब परीक्षणको रिपोर्ट सोमबार पोजेटिभ आएको हो । घाँटी दुखेपछि सिग्देलले स्वाब परीक्षण गरेकी थिइन् । उनी अहिले काठमाडौंस्थित घरमा होम आइसोलेसनमा बसेकी छन् ।

सिग्देल असोज ५ गते निजी सवारी साधनमा काठमाडौं आएकी थिइन् । सिग्देलको स्वास्थ्यमा खासै समस्या नरहेको उनको पारिवारिक स्रोतले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस