१३ असोज, काठमाडौं । यदि तपाई धुम्रपान त्याग्न चाहनुहुन्छ भने सरल तरिकाले धुम्रपान त्याग्न सक्नुहुन्छ । जानौं केही उपायहरु जसको मदत् ले तपाई धुम्रपान त्याग्न सक्नुहुन्छ ।
सोफा र मिश्री मिलाएर विस्तारै विस्तारै चबाउँदै खाने हो भने धुम्रपानको लतलाई हटाउँदै लैजान सकिन्छ ।
ज्वानाको धुलो, कागतीको रस र बिरेनुन मिलाएर दुई दिनसम्म भिज्न दिने । पछि यसलाई छानेर सुकाएर राख्ने र पछि मुखमा राख्दै चुस्दै गर्ने हो भने धुम्रपानको लतलाई रोक्न सकिन्छ । यसले धुम्रपानको तलतल हुन दिँदैन ।
धुम्रपान तथा तमाखु, सुर्तीहरु सुँघ्ने आदतहरु छाड्नका लागि गर्मी मौसममा गुलाब तथा विभिन्न फूहरु कानमा राख्न तथा फूलहरुको प्रयोग गर्न सकिन्छ ।
धुम्रपानको आदतलाई छाड्नको लागि यस्ता आदतलाई विस्तारै क मगर्दै लैजानुपर्छ किनभने रगतमा निकोटिनको स्तर क्रमशः कम गर्दै लैजानुपर्छ नत्र यसले असर पार्न सक्छ र धुम्रपान त्याग्न पनि समस्या हुन जान्छ ।