समाचार

पोखरा रंगशाला निर्माणको कार्य तीव्र गतिमा, ८६ प्रतिशत सम्पन्‍न

pokhara stadium

१३ असोज, पोखरा । निर्माणाधिन पोखरा रंगशाला निर्माणको भौतिक कार्यप्रगति ८६ प्रतिशत पुरा भएको छ । करिव १ अर्व २८ करोड ५० लाख लागतमा निर्माण भइरहेको रंगशाला निर्माणको काम ८६ प्रतिशत सम्पन्न भएको हो । नेपाल कै ठुलो पोखरा रंगशाला माछापुच्छ्रे हिमालको फेदमै निर्माण भइरहेको छ ।

पश्चिमाञ्चल खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारले पछिल्लो समय निर्माणको आवश्यक सामग्रीको अभावमा केही कामहरु रोकिएको बताए ।

भारतबाट ल्याउनुपर्ने सामग्री नआउँदा पीई बिल्डिङको निर्माण कार्य रोकिएको उनले बताए । स्टेडियमको पश्चिमतर्फ भिआइपी सिट मध्येको छानो निर्माणको काम पनि रोकिएको छ । अहिलेसम्म अहिले पोखरा रंगशाला निर्माणमा २० जना नेपाली कामदारले काम गरिरहेको उनले बताए ।

चेन्जिङ्ग रुम, मिडिया सेन्टर लगायतको काम सकिएको बताउँदै उनले अब छत सँगै बिजुली जडान गर्ने काम बाँकी रहेको बताए । स्टेडियमको चारैतिरको पिच निर्माणधिन अवस्थामा रहेको छ भने भने १७ वटा शौचालय निर्माण भइसकेका छन् । ब्रिक पाइपलाइन, सेनेटरी र टायलको काम जारी रहेको छ । मंसिर १५ देखि २४ गतेसम्म जारी १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताका केही खेलहरु यही पोखरा रंगशालामा सम्पन्न भएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस