राजनीति

जनभावनाअनुसार काम गर्न काँग्रेस नेता भण्डारीको सुझाव

sankar Bhandari

१३ असोज, तनहुँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले जनभावनाअनुसार काम गर्न सरकारलाई सुझाव दिएका छन् ।

नेपाली काँग्रेस बन्दीपुर गाउँ समितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले चुनावमा गरिएका प्रतिबद्धता बमोजिम काम गर्न सरकारलाई सुझाव दिएका हुन् । “देशमा आर्थिक समृद्धि हुन्छ, देश विकास हुन्छ भनेर जनताले कम्युनिष्ट पार्टीलाई पत्याएका हुन्, तर आज धेरै जनतामा निराशा मात्रै देखेको छु”, उनले भने, “सरकार जनभावनाअनुसार चल्नुपर्छ ।”

नेता भण्डारीले अबको चुनावपछि काँग्रेस पुनः ठूलो पार्टी बन्ने दाबी गरे । काँग्रेस कार्यकर्तामा पनि निराशा छाएको आफूले महसुस गरेको भन्दै उनले निराश नहुन कार्यकर्ताहरुलाई आग्रह गरे । भण्डारीले पार्टी सङ्गठनलाई बलियो बनाएर लैजानुको विकल्प नरहेको उल्लेख गर्दै काँग्रेस बलियो भए मात्रै लोकतन्त्र बलियो हुने भएकाले त्यसतर्फ सबै नेता तथा कार्यकर्ता लाग्नुको विकल्प नभएको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस