समाचार

कोरोना संक्रमणबाट त्रिवि शिक्षण अस्पतालकी स्वास्थ्यकर्मीको मृत्यु

covid 19 dead

१३ असोज, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण त्रिवि शिक्षण अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

५७ वर्षकी महिला स्वास्थ्यकर्मीको त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचाररत अवस्थामा मृत्यु भएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. सविन थपलियाले जानकारी दिए ।

उनका अनुसार असोज ३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि ती स्वास्थ्यकर्मी महिलालाई आईसीयूमा राखेर उपचार गरिराखिएको थियो ।

ती महिलामा दम, थाइराइड र निमोनियाको समस्या पनि देखिएको अस्पतालले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस