समाचार

कोरोना संक्रमणबाट काठमाडौंमा थप तीन जनाको मृत्यु

covid 19 dead body

१३ असोज, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा थप तीन जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा दुई पुरुष र एक महिला गरी तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौंका ६० र ७० वर्षीय पुरुष तथा ५७ वर्षीया महिला रहेका छन् । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ४९१ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस