समाचार

चार दिनदेखि हराएका सुनचाँदी व्यवसायी संघका सचिव मृत फेला

barma

१३ असोज, बुटवल । चार दिनदेखि हराइरहेका जिल्ला सुनचाँदी व्यवसायी संघका सचिव राघवेन्द्र वर्मा मृत अवस्थामा फेला परेका छन् ।

कपिलवस्तुको यशोधरा गाउँपालिकास्थित खोरिया नजिक वाणगंगा नदी किनारमा उनको शव मंगलबार दिउँसो भेटिएको हो । उनको शव घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बर्माले जिल्ला सदरमुकाम तौलिहवामा व्यवसाय सञ्चालन गर्दै आएका थिए । शनिबार साँझ घरबाट उनी घुम्न भनी हिँडेका थिए । रातीसम्म घर नफर्केपछि उनका परिवारजनले खोज तलासका लागि सबैलाई अपिल गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *