समाचार

सिरहामा मोटरसाइकलसहित १९ किलो गाँजा बरामद

gaja 1

१३ असोज, सिरहा । सशस्त्र प्रहरीको टोलीले आज बिहान सिरहाको सुखीपुरबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित मोटरसाइकल बरामद गरेको छ ।

सशस्त्र प्रहरी बेश क्याम्प सुखीपुरबाट खटिएको प्रहरी टोलीले सुखीपुर नगरपालिका–४ कविलासीबाट १९ किलो गाँजासहित मोटरसाइकल बरामद गरेको हो ।

गस्तीमा खटिएको सशस्त्र प्रहरीको टोलीलाई देखेपछि मोटरसाइकल र प्लाष्टिकको बोरा छाडेर भागेपछि शङ्का लागेर बोरा जाँच गर्दा गाँजा बरामद भएको सशस्त्र प्रहरी बेश क्याम्प सुखीपुरका प्रहरी निरीक्षक विदेशराज मगरले जानकारी दिए ।

तस्करले प्रयोग गरेको को२९प १४८७ नम्बरको मोटरसाइकल समेत बरामद भएको उनले बताए । बरामद गाँजा र मोटरसाइकल आवश्यक कारवाहीका लागि नेपाल प्रहरीलाई बुझाइने उनको भनाइ छ ।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस