
१३ असोज, दोलखा । शैलुङ गाउँपालिकाकी एक महिलालाई आफ्नै श्रीमानको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको छ । शैलुङको मनागाउँ निवासी ५२ वर्षीय पति हस्तनारायण श्रेष्ठको हत्या गरेको अभियोगमा प्रहरीले ४७ वर्षे दुर्गामाया श्रेष्ठलाई पक्राउ गरेको हो ।
घरायसी बादबिवाद हुँदा दुर्गाले एक्कासि धारिलो हतियार खुकुरीले प्रहार गर्दा हस्तको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दोलखा र प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले १ थान खुकुरी र १ थान कोदालो सहित उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस