समाचार

भक्तपुरमा डलर साट्ने भन्दै ५ लाख लुटेको आरोपमा २ जना पक्राउ

lutera

१३ असोज, काठमाडौं । भक्तपुरमा डलरको प्रलोभन देखाएर ५ लाख लुटेर फरार भएको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर चारदोबाटोमा कोठा गरी बस्ने २३ वर्षीय विमल भण्डारी र २१ वर्षीय निर्मल भण्डारी रहेका छन् ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान चाँगुनारायण नगरपालिका-८ स्थित रातोपाटीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट ३ लाख ३१ हजार नेरु, ८ थान अमेरिकी डलर , एक थान मोटरसाइकल र २ थान मोबाइल बरामद भएको भक्तपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस