स्वास्थ्य

खाली पेटमा यी कुरा खाँदा ध्यान दिन जरुरी

breakfast

१३ असोज, काठमाडौं । हामी आफ्नो स्वास्थ्यलाई ठीक राख्न अनेक उपाय अपनाइरहेका हुन्छौं । तर ससानो कुरालाई हामीले वास्ता नगर्दा हाम्रो स्वास्थ्यलाई हानि पुगिरहेको हुन्छ ।

त्यसैले खानेकुरा खाँदा हाम्रो शरीरलाई कुन चीज कतिखेर खाँदा फाइदा पुग्छ भन्ने विचार पु-याउनु जरुरी हुन्छ । अम्लीय तत्व भएका खानेकुरालाई खाली पेटमा खाँदा शरीरलाई हानि पुग्छ ।

चिया
धेरै मानिसलाई बिहान उठ्नेबित्तिकै चियाको तलतल लाग्छ । बेड-टी खाने बानी हुन्छ धेरैको तर चियामा उच्च मात्रामा एसिड हुन्छ जसका कारण खाली पेटमा पिउँदा पेट दुख्ने र ग्यास जम्मा हुने समस्या उब्जिन्छ ।

कफी
कफीमा भएको क्याफिनले खाली पेटमा पिउँदा भयंकर घातक परिणाम ल्याउँछ ।

रक्सी
खाली पेटमा रक्सी खाँदा पेट पोल्छ र मानिसको पाचन शक्ति पनि कमजोर बनाउँछ ।

सोडा
खाली पेटमा सोडा पिउँदा बान्ता आउन सक्छ । तपाईँलाई बेकारमा तनाव हुन्छ ।

गोलभेंडा
गोलभेंडा कहिल्यै पनि खाली पेट खानुहुँदैन किनकि यसमा एकदम धेरै एसिड हुन्छ । यसले पत्थरी गराउन सक्छ ।

मसलायुक्त खानेकुरा
बेस्सरी मसला हालेको खानेकुरा पनि खाली पेटमा खानुहुँदैन । यसमा भएको एसिडले पाचन प्रणालीलाई गडबड गराउँछ । अनि यसले पेट बाँउडिने र दुख्ने समस्या हुन्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस