समाचार

२० हजार लिटर पेट्रोलमा मटितेल मिसाउने टयांकर चालक पक्राउ

Nepal Oil

१३ असोज, काठमाडौं । पेट्रोलमा मटितेल मिसावट गर्ने एक जना टयांकर चालक निगमको थानकोट डिपोबाट पक्राउ परेका छन् ।

डिपोका लागि भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल लोड गरेर आएको ना ४ ख ३०८५ नम्बरको ट्याकंरका चालक सतिन सुवेदीलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको नेपाल आयल निगमले जनाएको छ ।

उनलाई आयल निगमको थानकोटस्थित डिपोबाटै पक्राउ गरिएको वृत्तका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।

सुवेदीले करिब चार हजार लिटर मट्टितेल ट्यांकरमा मिसाएको अनुमान गरिएको छ। चेम्बरको लक खोलेर हेर्दा मिसावट गरेको देखिएपछि सुवेदीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ट्यांकरमा पाँच वटा चेम्बर हुने गर्दछन्। सुवेदीले एक चेम्बरमा मट्टितेल मिसाएको प्रहरीले जनाएको छ। एक चेम्बरमा ४ केएल अर्थात् ४ हजार लिटर तेल हुने गर्दछ ।

पक्राउ परेका सुवेदीमाथि आवश्यक अनुसन्धान सुरू भएको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस