विजनेश

पछिल्लो ६ महिनादेखि हरेक घण्टा ९० करोड कमाउँदै मुकेश अम्बानी

mukesh ambani

१४ असोज, काठमाडौं । मुकेश अम्बानीले पछिल्लो ६ महिनादेखि हरेक घण्टा ९० करोड भारु कमाइरहेका छन् ।

चीनको वुहानबाट फैलिन सुरु गरेको कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिँदा सबैजसो आर्थिक क्षेत्र ठप्प रहेको छ । तर, भारतका धनाढ्य अम्बानीलाई लकडाउन मज्जाले फापेको रिपोर्ट सार्वजनिक भएको हो ।

आइआइएफएल वेल्थ हुरुन इन्डिया रिचलिस्टका अनुसार लकडाउनयता अम्बानी अझ बढी सम्पत्ति थप्न सफल भएका हुन् । पछिल्लो एकवर्षमा अम्बानीको व्यक्तिगत सम्पत्ति २ लाख ७७ हजार ७ सय करोडबाट बढेर ६ लाख ५८ हजार ४ सय करोड रुपियाँ पुगेको छ ।

रिर्पोटअनुसार ६३ वर्षीय अम्बानीको सम्पत्ति पछिल्लो १२ महिनामा ७३ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।

यद्यपी, यही समयमा उनका ६१ वर्षीय भाई अनिल अम्बानी भने टाट पल्टिएका छन् । उनले केही दिनअघि बेलायको अदालतलाई श्रीमतीको गहना बेचेर गुजारा चलाईरहेको बताएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस