
१४ असोज, विराटनगर । विराटनगरस्थित कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।
मोरङको जहदा गाउँपालिका वडा नम्बर ६ का ६० वर्षीय पुरुषको मृत्यु भएको उपचार केन्द्रका संयोजक डा. दीपक सिग्देलले जानकारी दिए ।
डा सिग्देलका अनुसार उनी असोज ४ गते संक्रमण देखिएपछि अस्पतालमा भर्ना भएका थिए । असोज ५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार भईरहेकोमा बुधबार बिहान ४ वजे मृत्यु भएको डा सिग्देलले बताए ।
उनले मृतक बृद्धमा स्वासप्रस्वासमा समस्या देखिएको, मधुमेह र उच्चरक्तचापबाट पीडित रहेको बताए ।
प्रतिक्रिया दिनुहोस