विश्व/प्रवास

भारतका उपराष्ट्रपति नायडूलाई कोरोना संक्रमण

bekaiya naidu

१४ असोज, काठमाडौं । भारतका उपराष्ट्रपति वैंकैया नायडूलाई कोरोना भाइरसको संक्रमण भएको छ । उपराष्ट्रपतिको सचिवालयले मंगलबार ट्वीट गर्दै नायडुलाई यसबारेमा जानकारी दिएको हो ।

‘आज गरिएको परीक्षणमा भारतका उपराष्ट्रपतिको रिपोर्ट पोजिटिभ आएको छ। तर उहाँमा कुनै लक्षण देखिएको छैन, उहाँ स्वस्थ हुनुहुन्छ,’ सचिवालयले ट्विटमार्फत भनेको छ ।

साथै सचिवालयले नायडुकी पत्नी उषा नायडुको रिपोर्ट नेगेटिभ आएको र उनी सेल्फ आइसोलेसनमा बसेको जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस