समाचार

बाघको आक्रमणबाट रौतहटमा दुई घाइते, एक वेपत्ता

tiger attack

१४ असोज, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–६  चिम्नीटोलका दुई जना युवक बाघको आक्रमणबाट घाइते भएका छन् ।

मंगलबार साँझ घास काट्न जंगल गएका स्थानीय ३० वर्षीय संगम भण्डारी जंगलमा बेपत्ता भएपछि खोजी गर्न गएका उनीलाई बाघले आक्रमण गरी घाइते बनाएको हो ।

घाइते हुनेहरुमा ३४ वर्षीय प्रविन श्रेष्ठ र ३० बर्षीय अशोक थापा रहेका छन् । घाइते दुवैको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र र गाउलको टोली हराइरहेका भण्डारीको खोजी गर्न गएको इलाका प्रहरी चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस