समाचार

अपहरण अभियोगमा समातिए व्यवसायी डेबिड

Abduction Accused

१४ असोज, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अपहरण तथा शरीर बन्धक सम्बन्धी अभियोगमा डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ ।

सीआईबीको टोलीले मंगलवार साँझ उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । मलेसियमा बसेर गुन्डागर्दी गरेको तथा अपहरणको उजुरी परेपछि नेपाल आएको समयमा उनलाई नियन्त्रणमा लिएको व्यूरोका डीआइजी सहकुल थापाले बताए ।

‘पीडित परिवारले उजुरी दिएपछि हामीले नियन्त्रणमा लिएका हौं । थप अनुसन्धान भइरहेको छ,’ डीआइजी थापाले भने । डेविडले १५ लाख रुपैयाँ फिरौती मागेको अभियोगमा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका मलेसियामा डान्सबार तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए । श्रेष्ठमाथि जिल्ला अदालत, काठमाडौंबाट अनुसन्धानका लागि म्याद थप गरेर विस्तृत अनुसन्धान गर्ने तयारी सीआईबीको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस