
१४ असोज, काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिने काम बन्द भएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको कार्यालयले जनाएको छ ।
अर्को सूचना जारी नहुँदासम्मका लागि श्रम स्वीकृति लगायत सम्पूर्ण सेवा बन्द गरिएको कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले फ्रन्ट लाइनमा कार्यरत एक कम्प्युटर अप्रेटरमा कोरोना संक्रमण पुष्टि भएसँगै अर्को सूचना जारी नहुँदासम्मका लागि कार्यालयका सेवा बन्द गर्नु परेको बताए ।
निषेधाज्ञापछि ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस