रोजगार

कोरोना महामारीले रोकिएको अधिकृत र सुब्बाको परीक्षा तालिका सार्वजनिक

loksewa-aayog

१४ असोज, काठमाडौं । लोकसेवा आयोगले कोरोना महामारीका कारण रोकिएको शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

आर्थिक बर्ष ०७६।७७ मा संचालित प्रथम चरणको लिखित परीक्षामा छनोट भएका उम्मेदवारहरूको रोकिएको परीक्षा सञ्चालन गर्ने निर्णय भएको लोकसेवाले जनाएको छ ।

आयोगको सूचनाअनुसार शाखा अधिकृतको हुन बाँकी विभिन्न पत्र र विषयको परीक्षा कात्तिक १८ देखि २७ गतेसम्म हुनेछ । यस्तै सुब्बा पदको द्धितीय र तृतीय पत्रको परीक्षा मंसिर ७ देखि १२ गतेसम्म हुनेछ ।

यसैबीच आयोगले सहसचिव पदको परीक्षा कार्यक्रम सार्वजनिक गरेको छ भने  स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको अन्तर्वार्ता कार्यक्रम पनि तय गरेको छ ।

आयोगले कोभिड –१९ का कारणले गत चैत ११ गतेदेखि यताका सबै लिखित परीक्षा स्थगन गरेको थियो ।

2020309 loksewa Notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस