
१४ असोज, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य फेरि बढेको छ । मंगलबार तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ५०० बढेर ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै बुधबार तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा ११७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर ११९० रुपैयाँमा कारोबार भएको हो ।
प्रतिक्रिया दिनुहोस