
१४ असोज, काठमाडौं । मनकामना दर्शनका लागि केबुलकार पुन: सञ्चालन आएपछि यसको टिकट अब यात्रुको मोबाइलमै आउने भएको छ ।
ई-सेवा एपबाट टिकट खरिद गर्ने सुविधा केवलकारले थपेको जनाएको छ । यो सुविधासँगै टिकट यात्रुको मोबाइल/कम्प्युटरमा प्राप्त हुनेछ । सोही टिकट देखाई यात्रुले यात्रा गर्न सक्नेछन् ।
टिकट किन्न पहिला जस्तो लामो लाइनमा बस्नु नपर्ने कम्पनिले बताएको छ । यात्रुले केबुलकार टिकट खरिद गर्दा नगदको सट्टा फोन पेबाट पनि भुक्तानी गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस