बैँक / वित्त

कामना सेवा विकास बैंक र अजिरा विल्डर्सबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता

kamana sewa bank

१४ असोज, काठमाडौं । कामना सेवा विकास बैंक र अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्सबीच व्यावसायिक सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको छ ।

यो सम्झौतापछि बैंक तथा नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको पालना गरी अजिराबाट सिफारिस भइ आएका ग्राहकहरुलाई बैंकले सरल तरिकाबाट आफ्ना १२४ वटै शाखाबाट घर कर्र्र्जा प्रदान गर्ने भएको छ ।

यसबाट ‘आफ्नै व्यक्तिगत घर होस’ भन्ने सपना बोकेका ग्राहकको अभिलासा पुरा गर्न सहज हुने कुरामा आफू विश्वस्त रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

यस समझदारी पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र अजिरा बिल्डर्स एण्ड कन्ट्रयाक्टर्सका प्रबन्ध निर्देशक अनुप ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *