
१४ असोज, काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र लालबन्दी खानेपानी बीच सम्झौता भएको छ । सम्झौताअनुसार उक्त क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महसुल आइएमईका एजेन्ट पार्टनरहरू वा आइएमई पे वालेटमार्फत भुक्तान गर्न सक्नेछन् ।
सम्झौता पत्रमा ‘आइएमई पे’का तर्फबाट आइएमईका प्रदेश नम्बर २ इन्चार्ज अरुण कुमार भण्डारी र लालबन्दी खानेपानी प्रमुख मुकुन्दकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् । यस सम्झौताबाट ६ हजार ५ सय १४ घरधुरी लाभान्वित हुनेछन् ।
झण्डै ३५ हजार एजेन्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।