
१४ असोज, काठमाडौं । काठमाडौंमा ६ सय ९७ सहित उपत्यकामा थप ९ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ९ सय २ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार काठमाडौंका ६ सय ९७, भक्तपुरका ९३ र ललितपुरका १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, बुधबार नेपालमा थप १ हजार ५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस