बैँक / वित्त

तनहुँको शुक्लागण्डकी नगरपालिकालाई सूर्य नेपालको एम्बुलेन्स सहयोग

suryanepal ambulance

१४ असोज, काठमाडौं । सूर्य नेपालले शुक्ला गण्डकी नगरपालिका सेराटार तनहुँलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । बुधबार आयोजित एक कार्यक्रमका बीच एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख किसन गुरुङ्ग उपप्रमुख सविता रसाइलीलगायत सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्की, बाणिज्य प्रमुख गौतम यादव, एचआर म्यानेजर अञ्जन दुवाडी र सुरक्षा विभाग प्रमुख होमनाथ अर्यालको सहभागिता रहेको थियो ।

कार्यक्रममा नगर प्रमुख किसन गुरुङ्ग उपप्रमुख सबिता रसाइली लगायत सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्कीले समेत मन्तव्य राखेका थिए ।

सूर्य नेपाल कम्पनीले विगत लामो सयदेखि विभिन्न सामाजिक क्षेत्रहरु जस्तै खेलकुद, शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधार लगायतका क्षेत्रहरुमा सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर सहयोग पुर्‍याउँदै आइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस