१४ असोज, काठमाडौं । काठमाडौंको पेप्सिकोलामा ग्यास सिलिन्डर विस्फोट हुँदा ५ जना घाइते भएका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार घाइते हुनेमा सुनिता कार्की, पर्वत कार्की, हेमा कार्की, रमेश कार्की र मीना खड्का छन् ।
घाइते उनीहरूको नजिकैको मदर ल्यान्ड अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये पर्वत कार्कीको अवस्था सामान्य छ ।
खाजा बनाउनको लागि ग्यासको रेगुलेटर खोलेर लाइटर बाल्ने क्रममा ग्यास लिक भएको प्रहरीको भनाइ छ । ग्यास बिस्फोटबाट घरधनी कृष्ण कार्कीको घरमा क्षति पुगेको छ ।
प्रतिक्रिया दिनुहोस