बैँक / वित्त

सानिमा बैंकको नयाँ शाखा रौतहटको चन्द्रपुरमा

Chandrapur sanima bank

१४ असोज, चन्द्रपुर । सानिमा बैङ्क लिमिटेडले चन्द्रपुरमा ८३ औँ शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित शाखाको समुद्घाटन चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले गरेका हुन् ।

कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा सावधानीका उपायहरू अपनाई शाखा सञ्चालनमा आएकोमा मेयर चौधरीले सानिमा बैङ्कलाई धन्यवाद दिएका छन् । चौधरीले सुरक्षित तरिकाले शाखाको सेवा सुचारु राख्न पनि आग्रह गरेका हुन् ।

सो शाखा संचालनमा आएसँगै चन्द्रपुर र सो क्षेत्र आसपासका बासिन्दालाई गुणस्तरीय बैंकिङ्ग सेवामा सहज पहुँच पुग्ने विश्वास बैंकले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस