समाचार

कालोबजारी गर्नेलाई कारवाही गर्न काठमाडौं महानगरको सिफारिस

KTM Mahanagarpalika

१४ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले कालोबजारी गर्ने २६ वटा पसललाई कारवाही गर्न सिफारिस गरेको छ । महानगरपालिकाले विगत २२ दिनमा गरेको बजार अनुगमनमा कालोबजारी गर्ने २६ वटा पसलहरु भेटिएकाले ती पसलहरुलाई कारवाही गर्न सिफारिस गरेको हो ।

कोरोना महामारीको मौका छोपेर व्यापारीहरुले उपभोक्ता ठग्ने गरेको गुनासो आएपछि अनुगमनमा गरेको महानगरले उपत्यका भित्रका विभिन्न २२ वटा पसल सञ्चालकलाई कारवाही गर्न वाणिज्य, आपूर्ति तथा उपोभोक्ता संरक्षण विभागलाई सिफारिस गरेको हो ।

महानगरपालिकाले काठमाडौंको मुख्य तरकारी तथा फलफूल बजार क्षेत्र कालीमाटी, बल्खु, नक्साल, तीनकुने, मनोहरा, माछापोखरी र कुलेश्वरमा अनुगमन गरेको थियो । साथै, दाल चामललगायत ठूला खाद्यान्‍नका गोदाममा समेत अनुगमन गरेको थियो ।

यसरी गरिएको अनुगमनका क्रममा महानगरपालिकाले १२९ मध्ये २६ वटा उपोभोक्ता ठगी गर्ने पसललाई १२ लाख ८७ हजार रुपैयाँ आर्थिक जरिवाना गराई व्यापारमा भएको कसुरका आधारमा कारबाही गर्न विभागलाई लेखी पठाएको उपमेयर हरिप्रभा खड्कीले जानकारी दिइन् ।

उपमेयर खड्कीले अनुगमनका क्रममा म्याद गुज्रिएको सामान बेच्ने ११ वटा पसलबाट करिब ११ लाख रुपैयाँबराबरको सामान बरामद गरी नष्ट गरेको पनि बताइन् । यस्तै, खुद्रा व्यापार गर्ने ७३ पसललाई सात दिनभित्र दर्ता प्रकियामा आउन निर्देशन दिएकोसमेत उनले बताइन् ।

उपमेयर खड्कीले २२ दिनको अवधिमा मूल्य र गुणस्तरमा उपभोक्ता ठगी गर्ने कालीमाटी तरकारी तथा फलफूल बजारका दुई र बल्खु तरकारी तथा फलफूल बजारका दुई गरी चार व्यापारी कालोबजारीको कसुरमा न्यायिक हिरासतमा रहेको पनि बताइन् ।

उनीहरुले ४६ रुपैयाँमा खरिद् गरेको प्याज कृत्रिम अभाव सृजना गरी १ सय ३० रुपैयाँमा विक्रिवितरण गरेको उनले बताइन् । प्याजमा कृत्रिम अभाव सृजना गरी कालाबजारी गर्ने व्यापारीहरुले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई समेत ठगी गरेका थिए ।

उनीहरुबाट बरामद गरिएको १३ हजार २ सय ६८ किलो प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीमाफर्त प्रति केजी ६० रुपयाँको प्रति व्यक्ति ३ किलोसम्म खरिद् गर्न पाउने गरीे विक्रि गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *