पर्यटन

प्रभुको ५ बर्षमा ६ हेलिकप्टर, नयाँ एयरबस हेलीकाप्टरले पनि पायो उडान अनुमति

prabhu helipad

२६ भदौ, काठमाडौं । प्रभु हेलीकप्टर प्रालीले भित्र्याएको नयाँ एयरबस हेलीकाप्टर एच १२५ एएस ३५० बी ३ ईले नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति प्राप्त गरेको छ । स्थापनाको पाँच बर्षमा यो एयरबस हेलीकप्टर सँगै प्रभु सँग हेलिकप्टरको सङ्ख्या ६ वटा पुगेको छ ।

प्रभुले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरेर नयाँ एयरबस हेलिकप्टर ल्याउने निर्णय गरेको थियो । सो बमोजिम चैत्र ११ गते काठममाडौं आइ पुगेको थियो तर कोभिड–१९ का कारण औपचारिक प्रकृया ढिला भएको प्रभु हेलिकप्टरका डेपुटी जनरल म्यानेजर नोबल कुमार राजलवटले बताए ।

कल साइन ९ एन–एनएलई रहेकोे हेलिकप्टरको ६ वटा सिट क्षमता छ । धेरै उचाइसम्म राम्रो काम गर्ने यो हेलीकप्टर नेपाली भुभागको लगि योग्य हेलीकप्टर रहेको राजलवटको भनाइ छ। हेलिकप्टर थप भए सँगै नयाँ गन्तव्यहरुमा समेत उडान गर्ने योजना रहेको बताइएको छ ।

प्रभु हेलिकप्टर छोटो समयमा राम्रो लोकप्रियता कमाएको हेलिकप्टर उडान सेवा प्रदायक कम्पनी हो । सन २०१५ मा अमेरिकाले बनाएको रबिन्सन आर ४४ पिस्टक इञ्जिन हेलिकप्टरको साथ उडान सुरु गरेको प्रभु हेलिकप्टरले ३ बर्ष भित्रै चार वटा नयाँ रोबिन्सन आर६६ टर्बाइन हेलिकप्टर थपेको थियो ।

हिमाली क्षेत्रको दृश्यावलोकन र धार्मिक क्षेत्रमा पर्यटकिय उडान गर्दै आएको प्रभु हेलिकप्टरले पोखराबाट अन्नपुर्ण बेस क्याम्प, माछापुच्छ्रे बेस क्याम्प, मर्दी हिमाल, मुक्तिनाथ, रारा र काठमाडौंबाट लुक्ला, पाथीभरा, हलेसी महादेव, कालिन्चोकलको सेवा दिंदै आएको छ ।

नयाँ हेलीकाप्टरले काठमाडौंमा आधारित रहेर १४ हजार फिट भन्दा माथि सगरमाथा आधार शिविर, लाङटाङ, गोशाइकुण्ड, दामोर कुण्ड, माथिल्लो मनाङ/मुस्ताङ र तिलिचो ताल लगायतका गन्तव्यमा उडान भर्ने राजलवटले बताए ।

हिमाली क्षेत्र लगायत आवस्यक ठाउँमा उद्दार उडान गरिरहेको प्रभु हेलिकप्टरले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा गर्भवती/सुत्केरीको आपतकालीन उद्दार समेत गर्दै आएको छ ।

लकडाउनमा स्वास्थ्य सुरक्षा मार्गदर्शन र नागरिक उड्डयन प्राधिकरणको निर्देशन अनुसरण गरि काम गरेको प्रभु हेलिकप्टरले कोभिड १९ को विषम परिस्थितिमा पनि उद्दार उडानहरु जारी राखेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस