समाचार

कर्मचारीलाई कोरोना देखिएपछि दाङ जिल्ला प्रशासन कार्यालय बन्द

CDO office Dang

२६ भदौ, दाङ । जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि ५ दिन सम्म कार्यालय बन्द गरिएको छ ।

कोरोना संक्रमित कर्मचारीको संम्पर्कमा रहेका कर्मचारीहरुको स्वास्थ्य परीक्षणका लागि स्वाव संकलन गरी पठाइएकाले असोजको २५ गतेदेखि ३० गतेसम्मलाई कार्यालय बन्द गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा प्रकाशित सूचनामा जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत अम्मरराज आचार्यले सूचना प्रकाशित गरी असोजको ३० गतेसम्म कार्यालय बन्द रहने जानकारी गराएका छन् । बन्दको समयमा अत्यावश्यक शान्ति सुरक्षा र मुद्दा बाहेक अन्य सेवाहरु बन्द रहने जनाइएको छ ।

यसअघि पनि जिल्ला प्रशासन कार्यालया कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय सिल गरिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *