समाचार

ग्यासको खाली सिलिण्डरको मूल्य तोकियो, नयाँ सिलिन्डर किन्दा अनिवार्य रसिद लिनुपर्ने

gas

२६ भदौ, काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले ग्यासको खाली सिलिण्डको मूल्य तोकेको छ । पहिलो चरणमा गत असोज २ गते बागमती प्रदेशमा सञ्चालित उद्योगहरुको मात्र ग्यासको सिलिण्डरको मूल्य तोकेको संघले दोस्रो चरणमा दुर्गन जिल्लाबाहेक देशैभरी एकै मूल्य तोकेको हो ।

संघले आगामी असोज २८ गतेदेखि लागु हुने गरी देशैभरीका उद्योगहरुको सिलिण्डरको मूल्य प्रतिसिलिण्डर दुई हजार एक सय रुपैयाँ तोकेको छ । यसअघि बागमती प्रदेशमा समेत संघले सोही मूल्य तोकेको थियो ।

संघले सार्वजनिक सूचना जारी गरी उपभोक्ताहरुलाई नयाँ सिलिन्डर खरिद गर्दा बिक्रीताहरुबाट उद्योगको धरौटी अनिवार्य रसिद लिन पनि आग्रह गरेको छ । धरौटी रसिद नलिएका सिलीन्डरको दायित्व उद्योगले नलिने जारी सूचनामा उल्लेख छ ।

नेपाल आयल निगमका अनुसार हाल ५६ वटा ग्यास उद्योगका एक करोड भन्दा बढी ग्यास सिलिन्डर रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस