समाचार

काठमाडौं उपत्यकामा थपिए २२ सय ८३ जना कोरोना संक्रमित

kathmandu valley

२६ भदौ, काठमाडौं । काठमाडौंमा उपत्यकामा थप २२ सय ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप २२ सय ८३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार काठमाडौंमा १८ सय ८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, सोमबार नेपालमा थप ४ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा‍. गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस