समाचार

सप्तरीकी दाईमन यादवको हत्या संलग्न तीन जना पक्राउ

sarlahi murder

२६ भदौ, काठमाडौं । महिलाको हत्या गरी फरार रहेका तीन जना पक्राउ परेका छन् । २०७७ असोज १० गते राती आफ्नो घरमा एक्लै बसिरहेको अवस्थामा सप्तरी तिरहुत गाउँपालिका–मैनाकडरीकी ५० वर्षीय दाईमन देवी यादवको हत्या भएको थियो । हत्यापश्चात उनीहरु गाउँमै लुकिछिपी बस्दै आएका थिए ।

यादवको हत्यामा संलग्न आरोपीहरु सोही ठाउँका २१ वर्षीय अजय कुमार यादव, ५२ वर्षीय राधे भन्ने ओमप्रकाश यादव र कञ्चनपुर नगरपालिका–११ ठेलिया बस्ने ५५ वर्षीय बमबहादुर साहलाई २ नम्बर प्रदेश प्रहरी कार्यालयले सप्तरी प्रहरीको समन्वयमा पक्राउ गरेको हो ।

उनीहरुलाई २६ गते पक्राउ गरेर थप अनुसन्धानका क्रममा उनीहरुले आफूले हत्या गरेको स्वीकारेका छन् । उनीहरुलाई अरु थप अनुसन्धान भइरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए । मृतक महिलाले अभियुक्त ओमप्रकाश यादवसँग देउरानीको अनैतिक सम्वन्ध भएको थाहा पाएपछि हत्या भएको स्वीकारेका छन् ।

यस्तै अभियुक्त अजय यादव र मृतक दाइमनदेवी यादव विच २ विघा जग्गाको विषयलाई लिएर विवाद भएको देखिएको सिंहले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस